FAQs Complain Problems

दोगडाकेदार गाउँपालिकाको एक संक्षिप्त परिचय :

नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार  गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट  मिति २०७३ फागुन देखि दोगडाकेदार  गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५०  मि. जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि.मि. को दुरीमा स्थित रहेको छ । दोगडाकेदार  गाउँपालिकामा कुल ८ वडा रहेका छन् । १२६.३८ बर्ग कि.मि. को क्षेत्रफलमा फैलिएको दोगडाकेदार  गाउँपालिका भू-आकृतिक सबै पहाडी रहेको छ । यस गाउँपालिका को पूर्वमा पुर्चौडी नगरपालिका, पश्चिम मा दशरथचन्द नगरपालिका , उत्तरमा डीलाशैनी गाउँपालिका र दार्चुला जिल्ला छ भने दक्षिण तिर सुर्नया गाउँपालिका रहेको छ । २०७८ साल को तथ्यांकअनुसार यस गाउँपालिकाको कुल जनसंख्या २३१०४ छ । यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । जस्तै :- दशैँ , तिहार, माघी, होलि, गौरा इत्यादी यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाईन्छ । स्थापना: २०७३ भौगोलिक अवस्थित कुल क्षेत्र: १२६.३८ वर्ग कि. मि. काठमाडौँ देखि लगभग ८४५ कि. मि. जनसंख्या( २०७८ को राष्ट्रिय जनगणना अनुसार ) जम्मा: २३१०४ राजनैतिक बिभाजन बिकाश क्षेत्र सुदूरपश्चिम, अंचल महाकाली, जिल्ला बैतडी , सिमाना : पूर्वमा पुर्चौडी नगरपालिका, पश्चिम मा दशरथचन्द नगरपालिका , उत्तरमा डीलाशैनी गाउँपालिका र दार्चुला जिल्ला छ भने दक्षिण तिर सुर्नया गाउँपालिका रहेको छ ।  

वडा पदाधिकारी

Select any filter and click on Apply to see results