FAQs Complain Problems

१० शैयाको अस्पताल भवन निर्माणको लागी दोगडाकेदार गाउँपालिका र राजेन्द्र ईन्द्रधनु उग्रतारा जे.भि. बिच सम्झौता सम्पन्न ।

Read More

दाेगडाकेदार गाउँपालिका -०६ सित्तड

Read More

दाेगडाकेदार गाउँपालिका -०३ श्रीकोट

Read More

स्थानीय तह सदस्य निर्वाचन २०७९ पछिको गाउँ सभा प्रथम अधिवेशन ।

Read More

स्थानीय तह सदस्य निर्वाचन २०७९ पछिको गाउँ सभा प्रथम अधिवेशन ।

Read More

फेसबुक पेज

दोगडाकेदार गाउँपालिकाको एक संक्षिप्त परिचय :

नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार  गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट  मिति २०७३ फागुन देखि दोगडाकेदार  गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५०  मि. जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि.मि. को दुरीमा स्थित रहेको छ । दोगडाकेदार  गाउँपालिकामा कुल ८ वडा रहेका छन् । १२६.३८ बर्ग कि.मि. को क्षेत्रफलमा फैलिएको दोगडाकेदार  गाउँपालिका भू-आकृतिक सबै पहाडी रहेको छ । यस गाउँपालिका को पूर्वमा पुर्चौडी नगरपालिका, पश्चिम मा दशरथचन्द नगरपालिका , उत्तरमा डीलाशैनी गाउँपालिका र दार्चुला जिल्ला छ भने दक्षिण तिर सुर्नया गाउँपालिका रहेको छ । २०७८ साल को तथ्यांकअनुसार यस गाउँपालिकाको कुल जनसंख्या २३१०४ छ । यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । जस्तै :- दशैँ , तिहार, माघी, होलि, गौरा इत्यादी यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाईन्छ ।

स्थापना: २०७३

भौगोलिक अवस्थित कुल क्षेत्र: १२६.३८ वर्ग कि. मि. काठमाडौँ देखि लगभग ८४५ कि. मि.

जनसंख्या( २०७८ को राष्ट्रिय जनगणना अनुसार ) जम्मा: २३१०४

राजनैतिक बिभाजन बिकाश क्षेत्र सुदूरपश्चिम, अंचल महाकाली, जिल्ला बैतडी ,

सिमाना : पूर्वमा पुर्चौडी नगरपालिका, पश्चिम मा दशरथचन्द नगरपालिका , उत्तरमा डीलाशैनी गाउँपालिका र दार्चुला जिल्ला छ भने दक्षिण तिर सुर्नया गाउँपालिका रहेको छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
९८५८७९०१९७,९८४८७९३७२१
Email:
chakrakarki94@gmail.com
उपाध्यक्ष
९८४८७१३५३७
Email:
parbatikarki37@gmail.com
प्रवक्ता
९८४८९९५७५४
Email:
dogadakedargaunpalika@gmail.com

कर्मचारी

सेवाहरु

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र
सेवा समयः- प्रमाण पुरा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी,
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा,
सेवा प्रकारः- समाजिक सुरक्षा भत्ता सम्बन्धी
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनु पर्ने र अन्यको हकमा सोहि आ.व.को निवेदन पेश गरे पश्चातको चौमासिक बाट लागु हुने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने व्यक्तिको नागरिकता
  • सूचना दिने व्यक्ति येकाघर्को उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

सुचक

सेवा प्रकारः- सिफारिस
सेवा समयः- लगभग २० मिनेट
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) निवेदन
२) नागरिकता प्रतिलिपि
३) सम्बन्धित वडाको सिफारिस

जानकारी

गाउँपालिकाले गरिराखेका कामहरु तपाईहरु लाई कस्तो लागिराखेको छ ?